Saturday, November 16, 2013

Me aTree



dF ?v      /rlotf­: प्रमोद प्रसाद नेपाल,, माइस्थान, बीरगंज हाल हाँडीगाउँ


म रुख हुँ
उम्रन्छु बग्रेल्ती
अपठ्यारा पहाडका 
 कन्दराहरुमा
नपत्याईएका
भिर र पहराहरुमा
तराईका बन्जर फाँटहरुमा
लमतंग सडकका
दुवै किनारहरूमा
 
पारिजात बनि  
स्वर्गका बगैचाहरुमा

सर्बत्र
 
उम्रिरहन्छु मं 
निरन्तर  
झ्यांगीरहन्छु मं
कतै लटरम्म फल फलाएर
कहिँ टम्म  संजीवनी भएर
यस्तै छु मं
स्याहारको आशा  नराखेर

उम्रिरहन्छु
मलजलको चिन्ता नगरेर
झ्यांगीरहन्छु

अरुको लागि
हो अरुको लागि
 कहिले प्रयोगको बस्तु भैदिन
कहिले उर्जाको
अजस्र श्रोत बनिदिन
शीतल छहारी  भै दिन 
आस्थाको केन्द्र बनिदिन


आँधीबेहरीको चपेटा नियती हो
सहेर सर्वथा ठडीरहंछु
घाम पानीको थपेडा त प्रकृति हो
व्यहोरेर सर्वथा उभिरहंछु
किनभने 

मं
रुख हुँ
चराचरको आस्थाको आधार   

 मं रुख हुँ
चराचरको श्वाश प्रश्वाशको सुत्रधार
सेवा नै उद्देश्य हो मेरो  

 मं नै प्राणी  
जीवनको हुँ आधार

त्यसैले 

मं
सधै 
उम्रिरहन्छु
निरन्तर
झ्यांगीरहन्छु
   

सर्वथा 
ठडीरहंछु

अरुकै लागि 
मात्र 
अरुकै लागि !!

No comments: